एजेन्सी । परम्परागत रुपमा हाम्रा पुर्खाले केही नियमको पालना गर्ने गर्दछन्।
ती नियम कुनै अन्धविश्वास नभइ हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका छन्। अध्ययनले पनि यो कुरालाई स्वास्थ्यका दृष्टीले निकै उत्तम सावित गरेको छ।
आज हामी तपाईलाई तिनै परम्परागत कार्यको स्वास्थ्यसँग के सम्बन्ध हुन्छ भन्ने कुराका बारेमा जानकारी दिदैछौँ।
सूर्योदयअघि उठ्ने
सुत्ने र उठ्ने समय तालिका निर्धारण गर्नु स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ। स्वास्थ्यका लागि हामी कम्तीमा ७ घण्टा गहिरो निद्रामा हुन आवश्यक छ। त्यसका लागि वेलुकी समयमै सुत्नु राम्रो हो। बिहान सूर्योदयअघि नै उठ्न आवश्यक छ। शास्त्रमा सूर्योदयअघिको समयलाई ब्रम्हा मूर्हत भनिन्छ, जतिबेला वायुमन्डलमा चल्ने हावा स्वास्थ्यकर मानिन्छ । यसलाई प्राणवायु पनि भनिन्छ। यो हावा हाम्रो स्वास्थ्यका लागि निकै लाभदायिक मानिने अध्ययनले पनि पुष्टी गर्दै आएको छ।
रातिको खाना खाएलगत्तै नसुत्ने
रातिको खाना खाने र सुत्ने समयबीच तीन घण्टाको अन्तर हुनुपर्छ । खाना खानसाथ सुत्नु हुँदैन्। राती घाम अस्ताउनुअघि खाना खाइसकेपछि केही क्षण बस्ने बानी राम्रो हो । सुत्नुअघि हल्का व्यायाम गर्नुपर्छ।
बिहान धेरै खाने, राति कम
बिहानको खाना अर्थात ब्रेकफास्ट शरीरको लागि आवश्यक हुन्छ। त्यसले दिनभर शरीरलाई उर्जा प्रदान गर्छ । त्यसैले ब्रेकफास्ट छुटाउनै हुँदैन्। सकेसम्म ब्रेकफास्ट पर्याप्त लिनुपर्छ ।
त्यसपछिको खाना भने क्रमस घटाउदै लानुपर्छ । मध्यान्नको खाजा ब्रेकफास्ट भन्दा आधा कम हुनुपर्छ । त्यसपछि रातको खाना एकदमै हल्का र सुपाच्य हुनुपर्छ । यस किसिमको खाने वानी स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
