देशमा परेको विपद्को कठिन घडीमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालको पहलमा प्रधानमन्त्री राहत कोषमा रु. २५ लाख सहयोग गरिएको छ। कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतमार्फत उक्त रकम अर्थ मन्त्रालयमा हस्तान्तरण गरिएको हो।
आर्थिक सहयोगसँगै बाढी तथा विपद् प्रभावित क्षेत्रमा आवश्यक औषधि पठाउँदै आएको कलेजले बाढीपीडितको निःशुल्क उपचारका लागि गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको व्यवस्था समेत गरेको अध्यक्ष अर्यालले जानकारी दिए। विपद्मा राहत, स्वास्थ्य सेवा र मानवीय सहयोगमार्फत कलेजले निर्वाह गरेको सामाजिक उत्तरदायित्व प्रशंसनीय बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
