स्याङ्जामा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) को छैटौँ जिल्ला अधिवेशनसम्पन्न भएको छ। अधिवेशनले भीम रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ।
कार्यक्रममा रसुवा भोटेकोशी नदीमा आएको विपद्मा ज्यान गुमाएकाप्रति मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको प्रभावकारी उपचार तथा पीडितका लागि राहत र पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको थियो।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सीता कुमारी सुन्दास, मानवअधिकार एलायन्स गण्डकी इन्चार्ज अनन्तकुमार श्रेष्ठलगायतले मानवअधिकार संरक्षण र विपद्मा परेकाको उद्धार तथा पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा एमाले स्याङ्जाका उपाध्यक्ष महेश पुरी, केन्द्रीय सदस्य नम्रता थापा, सुजन भट्टराई, वडाअध्यक्ष जुद्ध थापा लगायतले शुभकामना व्यक्त गरेका थिए।
अधिवेशनबाट अध्यक्ष भीम राना, उपाध्यक्ष भिमा थापा, सचिव जब्बर मिया, उपसचिव बाबुकाजी जिटी र कोषाध्यक्ष डीबी मिजारसहितको समिति चयन भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
