स्याङ्जा चेम्बर अफ कमर्सले विपद् प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ७५ हजार ५ सय ५५ सहयोग गरेको छ। उक्त रकम चेम्बरले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेमार्फत कोषमा जम्मागरेको हो।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगगरिएको चेम्बरले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष श्री गुरुङ, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीयसदस्य निर्मला लम्साललगायत सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
चेम्बरले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
