बाढीप्रभावितका लागि स्याङ्जा निर्माण व्यवसायी संघको १ लाख बढी सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्याङ्जा निर्माण व्यवसायी संघले बाढी प्रभावितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

संघका अध्यक्ष अर्जुनकुमार कार्कीले विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै सहयोग उपलब्धगराउने जानकारी दिएका हुन्। संघले सोमबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेलाई सहयोग रकम प्रदान गरेको स्लिप पेश गरेको थियो।

Advertisement

More News last news
Loading...