एजेन्सी । खाना खाने वित्तिकै हामीले केही न केही काम गरिरहेका हुन्छौँ । कुनै बाध्यताले गछौँ भने कुनै वानी परेका कारण गर्ने गर्दछौँ।
केही यस्ता काम जुन खाना खाने वित्तिकै गर्यो भने स्वास्थ्यमा खतराको घण्टी बज्ने गर्दछ । आज हामी तपाईलाई खाना खाने वित्तिकै गर्न नहुने केही कामका बारेमा जानकारी दिदैछौँ ।
धुम्रपान नगर्नुहोस्
धेरैको वानी हुने गर्दछ, खाना खाने वित्तिकै चुरोट पिउने, तर यसो नगर्नुहोस् । खाना खाएलगत्तै पिएको चुरोटले अघिपछि पिएको चुरोटको तुलनामा १० गुणा धेरै असर पार्दछ। यसले क्यान्सरको खतरा बढाउनुका साथै मुटु तथा स्वासप्रस्वासको समस्या पनि बढाउँदछ । सकेसम्म धुम्रपान नै नगर्नु बेस हुन्छ, तर वानी नै छ भने पनि खाना खाएको २ घण्टासम्म चुरोट नपिएको राम्रो मानिन्छ।
नहिँड्नुहोस्
खाना खाने वित्तिकै हिँड्ने बानी नबनाउनुहोस् । खाना लगत्तत्रै हिँड्दा सरीरमा रक्तसंचारमा असर पुग्दछ । साथै पाचन क्रिया पनि राम्रोसँग हुँदैन र एसिडिटीको समस्या हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टापछि मात्र हिँडनु राम्रो हुने स्वास्थ्य रिर्पोटले देखाएको छ।
चिया नपिउनुहोस्
खाना खाएलगत्तै चिया नपिउनुहोस् । चियापत्तिमा अम्लीय तत्व पाइने भएकाले खानालगत्तै चिया पिउनाले प्रोटिन राम्रोसँग पच्न पाँदैन र अपचको समस्या पैदा हुन्छ । खाना खाएको २ घण्टापछि मात्र चिया पिउनु राम्रो हुन्छ ।
ननुहाउनुहोस्
नुहाउने समयमा हाम्रो सरीर चिसो हुन्छ, जसको असर रक्तप्रवाहमा समेत पर्दछ । यसले पाचन क्रिया सुस्त हुन्छ । खाना राम्रोसँग नपच्नाले एसिडिटी, पेटमा ग्यास बन्ने तथा कब्जियत आदिको समस्या पैदा हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टासम्म नुहाउनु हुँदैन ।
फलफूल नखानु
खाना खाएको तुरुन्तै फलफूल नखानुहोस् । खाना लगत्तै फलफुल खाँदा खाना राम्रोसँग पच्न पाउँदैन । जसका कारण त्यसको पूरै पोषक तत्व सरीरले लिन पाउँदैन । जसका कारण एसिडिटी तथा अपचको समस्या पनि पैदा हुन सक्दछ । त्यसैले खानेकुरा खाएको कम्तिमा १ घण्टापछि मात्र फलफूल खानु राम्रो हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
