एजेन्सी । कुनै चीजलाई ग्यास वा आगोमा राखेर ध्यान अन्त दियौँ भने भाँडो जल्ने गर्दछ । जलेको भाँडो फेरि प्रयोग गर्न मन लाग्दैन् । तर महंगो भाँडा फाल्न पनि सक्दैनौँ ।
त्यसैले मानिसले यसलाई सफा गर्नका लागि महंगो महंगो चीजको प्रयोग गर्ने गर्दछन्। तर यसको कुनै फाइदा हुँदैन्। आज हामी तपाईलाई जलेको भाँडालाई छिनभरमै सफा गरेर नयाँ रुप दिनका लागि केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।
जलेको भाँडा सफा गर्न अप्नाउनुहोस् यी उपाय :
१) वेकिंग सोडा
जलेको भाँडा सफा गर्नका लागि १ चम्चा वेकिंग सोडामा २ चम्चा कागतीका रस र २ कप तातो पानी मिलाउनुहोस् । त्यसपछि यस पानीले भाँडोलाई राम्रोसँग रगडनुहोस् । यसो गर्दा जलेको भाँडा एकदम सफा हुनेछ ।
२) कागतीको रस
कागतीको रसबाट जलेको भाँडो सजिलै सफा गर्न सक्नुहुनेछ। सबै भन्दा पहिले एक चम्चा कागतीको रस लिनुहोस् । त्यसपछि यसलाई भाँडोको साइटमा लगाउनुहोस्। त्यसपछि ३ कप तातो पानी राख्नुहोस् । त्यसपछि जलेको भाँडोलाई ब्रसले सफा गर्नुहोस्। केही मिनेटमा तपाईको भाँडाले नयाँ रुप ल्याउनेछ ।
३) नुन
जलेको भाँडा सफा गर्नका लागि नुन पनि निकै उपायोगी मानिन्छ । नुनमा पानी मिलाउनुहोस् । त्यसपछि उक्त पानीले जलेकै भाँडोमा ४ मिनेट उमाल्नुहोस् । त्यसपछि ब्रसको सहायताले यसलाई सफा गर्नुहोस् । जलेको दाग केही मिनेटमै सबै हटेर मान्छ ।
४) टमाटर
टमाटरको रसबाट पनि जलेको भाँडा सफा गर्न सकिन्छ । एउटा भाँडामा टमाटरको सर राखेर तताउनुहोस् । त्यसपछि यसले जलेको भाँडा सफा गर्नुहोस् । त्यसपछि तपाईको जलेको भाँडा छेनभरमै सफा हुनेछ ।
५) प्याज
प्याजको एउटा सानो टुक्रा लिनुहोस् । त्यसलाई जलेको भाँडोमा पानी राखेर उमाल्नुहोस्। त्यसपछि केही मिनेटमै जलेको भाँडोको दाग हटेर जान्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
