काठमाडौं । पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ। पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ। यहाँ हामी घरेलु उपाय अपनाएर पेटको समस्या हटाउने उपाय बताउँदैछौं।
पीडा नाश गर्न
पेटमा पीडा भइरहन्छ भने अलिकति रातो खुर्सानीमा सक्खर मिसाएर खाँदा पीडा हट्छ । तैपनि ठीक भएन भने चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ ।
कब्जियतबाट छुटकारा
बिहान पेट सफा भएन भने दिनभरि शरीर भारी हुन्छ । पेट सफ ागर्नका लागि एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा हालेर पिउनुस् । बिहान कब्जियत हट्छ ।
पेट स्वस्थ राख्ने नियम
पेट स्वस्थ राख्नका लागि खानपान सही हुनुपर्छ । बिहान उठेर खाली पेट पानी पिउनुस् । दिउँसोको खाना खाएपछि लस्सी र राति खानापछि दूध पिउँदा पनि पेट स्वस्थ रहन्छ ।
भोक बढाउनुस्
पाचनक्रियामा गडबडी हुँदा भोक कम लाग्छ । यस्तो हुँदा अलिअलि बेरमा कालो नून चाट्ने गर्नुस् । अनि सर्स्युँको तेलमा बनाएको खाना खाने गर्नुस् । यसले पाचन क्रिया राम्रो बनाइदिन्छ ।
खाली पेट
पेटमा एसिड बन्ने कुराहरू बिहानीपख नखानुस् । मसलायुक्त भोजन, अमिलो फल, सोडा, रक्सी, कफी र चिया बिहान नपिउनुस् ।
अमला
अमला पेटका लागि रामवाण हो । दिनदिनै एक कप पानीमा दुई चम्चा अमलाको रस हालेर पिउनुस् । अमलाको सेवनले शरीरमा रहेका विषालु तत्त्व पनि निस्केर जान्छन् अनि पेट स्वस्थ रहन्छ ।
बलियो पाचनतन्त्र
भोजनमा फाइबरयुक्त खानेकुरा समावेश गर्नुस् । टुसा उम्रेको अनाज, फल र जुसले शरीरलाई पोषक तत्त्व पनि दिन्छन् र पेट पनि सफा राख्छन् । अनि फाइबर खाँदा मोटोपन पनि कम हुन्छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
