प्रधानमन्त्री ओलीलाई प्रदेश २ मा भव्य स्वागत गरिने , ओली धनुषा आउँदै

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ( शनिबार) प्रदेश नं २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउनु हुने कुरा प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।प्रधानमन्त्री ओलीको स्वागतका लागि स्वागतद्वारको निर्माणका साथै प्रदेशसभामा विशेष तयारी गरेको बताइएको छ ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले बताउनुभयो ।

Advertisement

More News last news
Loading...