नेपाल बौद्ध धर्म संरक्षण संघको ९औँ अधिवेशन, सचिवमा भीम लामा

काठमाडौँ । नेपाल बौद्ध धर्म संरक्षण संघको १९ औं साधारणसभा तथा ९ औँ अधिवेशन सम्पन्न भएको छ । (बुधवार) काठमाडौँको तिनचुली स्थित नेपाल बौद्ध महासंघको सभा हलमा सम्पन्न अधिवेशनबाट टासीग्याल्जेन शेर्पा (मिथुन भोटे) को नेतृत्वमा नेपाल बौद्ध धर्म संरक्षण संघको विधानत नयाँ कार्यसमिति चयन भएको हो। कार्यसमितिको सचिवमा पूर्वी क्षेत्रका लोकप्रिय पत्रकर भीम बहादुर लामा सर्वसम्मत चयन भएका छन् l

अधिवेशनबाट १३ जनाको नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन समितिको संयोजक अधिवक्ता गोपालप्रसाद भण्डारीले जानकारी दिए ।

Advertisement

संघको उपाध्यक्षमा जाङबु शेर्पा, महासचिवमा उमा गुरूङ, सचिबमा भिम बहादुर लामा, कोषाध्यक्षमा पासाङ शेर्पा र सह–कोषाध्यक्षमा विनिता मगर चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरूमा विनोद महर्जन, याङला शेर्पा, पेम्बा डोल्मा ह्योल्मो, सुरज खड्का, हरिश लामा, सिमाना पौडेल, निर्मला गुरूङ चयन भएका छन् ।

संघको संस्थापक अध्यक्ष युवराज लामा ह्योल्मोको अध्यक्षतामा भएको सो अधिवेशनमा नेपाल बौद्ध महासंघका अध्यक्ष गेशे नुरबु थुन्डु शेर्पा प्रमुख आतिथ्यता तथा काठमाडौँ महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाको विशेष आतिथ्यता रहेका थिए । त्यस्तै अतिथिहरूमा नेपाल बौद्ध महासंघका महासचिव पेमादोर्जे तामाङ भोटे संघका केन्द्रीय सदस्य यङ्छेन भोटे र भोटे संघ काठमाडौंका अध्यक्ष छिरिङ पान्दे भोटे लगायत रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गेशे नुरबु थुन्डु शेर्पाले मानव समाजको अस्तित्व जोगाउन बौद्ध धर्मको संरक्षण अनिवार्य रहेको बताएका छन् । बौद्ध धर्मले मानव जगतलाई व्यवहारिक ज्ञान, अनुशासन र मार्ग दर्शन सिकाउने भएकोले संरक्षण र प्रचारमा ध्यान दिनुपर्ने बताए । बौद्ध धर्मको प्रचारप्रसारलाई व्यापकता दिन संघको नयाँ कार्यसमितिले कार्य सम्पादन गर्नेमा विश्वास व्यक्त गर्दै नेपाल बौद्ध महासंघको पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बौद्ध धर्म संरक्षण संघका संस्थापक अध्यक्षले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्दै संस्थाको उद्देश्यअनुरूप कार्य सम्पादन गर्न सुझाव दिए । संघको दर्ता गर्दा अहिलेको माग सुहाउँदो उद्देश्य रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व बहन गरि धर्म संरक्षणका लागि जागारण आवश्यक रहेको बताए ।

More News last news
Loading...