अनिल खनालको शब्दमा ‘झिलिमिली तिहार’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गीतकार अनिल खनालको शब्दरचनामा नयाँ तिहार गीत ‘झिलिमिली तिहार’ सार्वजनिक भएको छ। गीतमा गायक हेमराज डाँगी र गायिका सीमा थापाको स्वर रहेको छ।

गीतकार खनालले यस गीतमार्फत नेपाली संस्कृतिको महत्वपूर्ण पर्व तिहारको खुशी, माया र पारिवारिक एकताको भावनालाई उजागर गरेका छन्। उनका शब्दले तिहारको झिलिमिली, दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, र उज्यालोको प्रतीकात्मकता जीवन्त रूपमा चित्रण गर्छन्।

Advertisement

गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ स्वयं गायक डाँगीले गरेका छन्। भिडियो निर्देशन तथा कोरियोग्राफी दिनेश सिंह ठकुरीले सम्हालेका छन् भने छायांकन मरुभूमि नारायण र सम्पादन अनिल विष्ट प्यूठानीले गरेका हुन्।

भिडियोमा श्याम मगर, दीपक किसी, दिव्या बायलकोटी, नमूना डुम्रे भट्टराई र रेशम लाल भट्टराईले अभिनय गरेका छन्। गीत ‘झिलिमिली तिहार’ले अनिल खनालका सिर्जनात्मक शब्दहरू मार्फत नेपाली समाजमा तिहारले ल्याउने हर्ष र एकताको भावना झल्काएको छ।

More News last news
Loading...