पुतलीबजार नगरपालिकाद्वारा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यकार तथा कलाप्रेमी अनन्त कुमार श्रेष्ठ सहित पुतलीबजार नगरपालिकाका ३ जना स्रष्टालाई सम्मान गरेको छ। सम्मानित हुनेमा श्रेष्ठ, असफल गौतम र लक्ष्मी रेग्मी खनाल रहेका छन् ।
साहित्य, कला, संस्कृति र संगीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै ३ जनालाई पुतलीबजारमा आयोजित विशेष सम्मान समारोहमा सम्मान गरिएको हो। पुतलीबजार नगरप्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक तुलसीराम रेग्मी, कुलपति विश्वप्रेम अधिकारीले सम्मानपत्र र जनही २०/२० हजार नगदले सम्मान गरेका हुन्।
सम्मान गर्दै नगरप्रमुख एवं संरक्षक रेग्मीले पुतलीबजारका कला, संस्कृति, साहित्य र संगीतलाई उजागर गर्दै हाम्रा सांस्कृतिक धरोहरको संरक्षण र संवर्द्धनका लागि पुतलीबजारले प्रतिष्ठानको स्थापना गरेको बताए।
प्रतिष्ठानले समय समयमा यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको जनाउँदै आगामी दिनमा पनि अझ परिष्कृत र विस्तृत खालका कार्य गर्नका लागि प्रतिष्ठानलाई नगरपालिकाले सहयोग र बजेट उपलब्ध गराउनेमा जोड दिए। राजनीतिक आन्दोलन तथा सामाजिक आन्दोलनमा कला र साहित्य मार्फत जनआवाज र विरोधका आवाजलाई बुलन्द गर्दै सफलता पुर्याउन सहयोगी भूमिका खेल्दै आएको नगर प्रमुख रेग्मीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
