मगर (ढूट) भाषाको अक्खालिपि सिकाइलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित ‘आखरहील्मा (अक्षराङ्क)’ पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, भाषाविद् तथा मगर समुदायका अगुवाहरूले पुस्तकको लोकार्पण गर्दै यो कृतिले मगर (ढूट) भाषा, लिपि र साहित्य संरक्षणमा ऐतिहासिक योगदान पुर्याउनेविश्वास व्यक्त गरे। वक्ताहरूले कृतिको समीक्षा गर्दै नयाँ पुस्तालाई मातृभाषासँग जोड्ने प्रभावकारी माध्यमका रूपमा पुस्तकलाई महत्त्वपूर्ण उपलब्धि भएको बताए।
लेखकद्वयको पहिलो संयुक्त कृतिका रूपमा प्रकाशित ‘आखरहील्मा’ नेपाल मगर लेखक सङ्घ स्याङ्जाले प्रकाशन गरेकोहो। पुस्तकमा मगर (ढूट) अक्खालिपि तथा भाषा सिकाइका सामग्री उमेर र सिकाइको स्तरअनुसार समावेश गरिएका छन्। कार्यक्रममा प्रमुख अतिथि, वक्ता तथा योगदानकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो।मगर भाषा, लिपि र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा ‘आखरहील्मा’लाई एक महत्त्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
