उच्चस्तरीय शिक्षाको उत्कृष्ट गन्तब्य नवोदित कलेज

काठमाडौं । काठमाडौंको सामाखुसीको कपुरधारामा रहेको नवोदित विद्या कुञ्च तथा नवोदित कलेजले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाईसकेको छ ।

२०५० सालमा स्थापना भएको यस विधालयले ३२ औ बर्षमा आइपुग्दा गुणस्तरीय शिक्षाका लागि अनवरत लागिरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय एवं सहकार्यमा संस्थाले आफ्ना विद्यार्थीहरुलाई कसरी अतिरिक्त क्रियाकलापहरुमा दक्ष बनाउने भन्नेमा विद्यालय सदैव सचेत देखिन्छ । यस संस्थाले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू क्यासलसँग शैक्षिक एवं सास्कृतिक आदानप्रदान समेत गर्दै आएको छ ।

Advertisement

विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिनका लागि विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । २०८१ बाट काठमाडौ विश्वविद्यालयसँग शिक्षक तालिम एवं अभिमुखीकरण तालिम सन्चालन गर्दै आएको छ । विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श तथा रेखदेख गर्दै विद्यालयले हालसम्म उत्कृष्ट नतीजा हासिल गर्दै आएको छ । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका झण्डै २ हजारको संख्यामा अध्ययन गराईरहेको यस संस्थाबाट उत्तीर्ण विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च ओहोदामा पुग्न सफल हुनु कलेजका लागि गौरवको कुरा हो ।

आफ्नो ३२ बर्षे यात्रामा विद्यालयले धेरै डाक्टर, नर्स, इञ्जिनियर र राष्ट्रसेवक कर्मचारीहरु उत्पादन गरिसकेको छ । विद्यालय तहको मात्र नभई विश्वविद्यालयतहमा समेत अध्ययन गराउँदै आएको छ । स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म, प्लस टु (राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त), अन्तर्गत विज्ञान, व्यवस्थापन, मानबिकी र कानुन संकायका साथै स्नातक तहमा (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) विविएस, विएबिएसडब्लू र ब्यवस्थापनमा स्नातकोत्तर तहमा पनि अध्ययन, अध्यापन गराउँदैं आएको छ ।

गुणस्तरीय शिक्षातर्फको पाइला चालेको यस विद्यालयले कुनै पनि अवरोधले पुर्णविराम लगाउन सकेको छैन् । उत्कृष्ट शिक्षाकै कारण नवोदित कलेजले देशभरका शैक्षिक संस्थाहरुलाई पछि पार्दै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल समेत भएको छ । विस  २०७३–२०७६ को ब्याचमा अध्ययनरत राजु भण्डारी टियु नेपाल टपर बन्न सफल भएका थिए । परम्परागत ढंगबाट हुने अध्ययन, अध्यापनले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा प्रविधीयुक्त आधुनिक शिक्षा प्रणाली अबलम्ब गर्दै यस कलेजले विद्यार्थी र अभिभावको मन जित्दै आएको छ ।

प्रतिभावान बिद्यार्थीहरूलाई थप परिस्कृत र क्षमताशील बनाउने तथा मध्यम र कमजोर मानिएका बिद्यार्थीहरूलाई कार्यसम्पादनमा विशेष बनाउनु नवोदित कलेजको बिशेषता रहेको नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले बताए । विश्वबजारमा उपलब्ध युग सुहाउँदा उच्चस्तरीय शैक्षिक कार्यक्रमहरुलाई विद्यालयलमा भित्र्याएर आफ्ना विद्यार्थी अब्बल बनाउन आफूहरु निरन्तर प्रयासमा रहेको र सफल समेत हुँदै गएको अधिकारीको भनाइ छ ।

शान्त वातावरण र फराकिलो क्षेत्र, बदलिदो परिवेश अनुसार डिजिटलमैत्री शिक्षा, दक्ष र अनुभवी विभागीय प्रमुख र शिक्षकका कारण आज यस कलेजले शिक्षाको क्षेत्रमा सफलताको शिखरमा पुग्न अगाडी बढिरहेको आभाष हुन्छ । प्रत्येक कक्षामा सीमित संख्यामा विद्यार्थीहरू मात्र भर्ना लिने, सुविधासम्पन्न आफ्नै भवनमा पठनपाठनको व्यवस्था, अत्याधुनिक विज्ञान प्रयोगशालाहरू, छुट्टाछुट्टै कम्प्युटर प्रयोगशाला, विद्यालयको आफ्नै यातायात सुविधा, रचनात्मक अन्तरक्रियाका लागि अभिभावक–शिक्षक सम्मेलनको आयोजना, विभिन्न क्लवहरुको निर्माण गरी समाजसेवाका कार्यमा अभिप्रेरित, समय–समयमा हुने प्रदर्शनी, सांस्कृतीक उत्सव, नेतृत्व र व्यक्तित्व विकास तालिम सञ्चालन गर्दै आएको विधालय एवं कलेजका शैक्षिक निर्देशक जिबी अधिकारीले बताए ।

आजको पुस्ता अध्यनसँगै अतिरिक्त क्रियाकलापमा उतिकै चासो राख्छ । यसलाई मध्यनजर गर्दै नवोदित कलेजले बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन र फुटसल खेल्नका आफ्नै फराकिलो खेल मैदान, स्वास्थ्यलाई मध्यनजर गदै सुलभ खानाको प्रबन्धसहितको चमेनागृह र विभिन्न समयमा कलेजले आयोजना गर्ने अन्तर कलेजका विविध प्रतिस्पर्धाहरुले विद्यार्थीको शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापले समेत सार्थकता पाउने गरेको छ । अतिरिक्त क्रियाकलापमा कलेजको सक्रियताले नै विभिन्न प्रतियोगिताका उपाधी समेत नवोदितले हात पारिसकेको छ । यस कलेजमा पढ्ने सबै विद्यार्थीलाई समान दृष्टिले हेर्ने गरेको छ । बरु आर्थिक अवस्था कमजोर भएकार, जेहेन्दार, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, पिछडिएको क्षेत्र लगायतका सरकारले तोकेको मापदण्ड अनुसार नै छात्रवृत्तिको कोटा समेत निर्धारण गर्दै आएको कलेजका कोअर्डिनेटर कृष्ण बिलास अधिकारीले बताए ।

यसका साथै समयसापेक्ष अनुसार कलेजले हरेक बर्ष विभिन्न योजनाहरु ल्याउने गरेको छ । सोही अनुरुप कलेजले राष्ट्रको गहनाका रुपमा रहेका कलाकारको परिवारलाई अध्ययनमा छुट दिने घोषणा समेत गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र कलेजबीच भएको सम्झौता अनुसार आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारले ५० प्रतिशत छुट पाउने गरी सहमति समेत र उक्त छुटका लागि प्रतिष्ठानको सिफारिस अनिवार्य गरिएको प्रिन्सिपल अधिकारीले बताए ।

More News last news
Loading...