बाढीपीडितका लागि बालबालिकाको सहयोग : ‘सानो हात, ठूलो मानवता’

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा गएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि आँधीखोला इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयमा अध्ययनरत नर्सरीदेखि माथिल्ला कक्षासम्मका विद्यार्थीहरूले आफ्नो उमेर क्षमता अनुसार खाजा खर्च तथा आफूले बचत गरेको रकमबाट सानो सानो सहयोग संकलन गरी बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाएका हुन्।

रकम सानो भए पनि त्यसमा निहित भावना मानवीय संवेदना ठूलो रहेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूमा सानै उमेरदेखि सहयोग, सहानुभूति, सामाजिक उत्तरदायित्व र मानवताको भावना विकास गराउने उद्देश्यले अभियानलाई प्रोत्साहन गरिएको विद्यालयकी प्रधानाध्यापक स्मृति काफ्लेले बताइन।

Advertisement

विद्यालयका अनुसार विद्यार्थीहरूको यस प्रयासले ‘सहयोग गर्न ठूलो हुनुपर्दैन, ठूलो मन भए पुग्छ’ भन्ने प्रेरणादायी सन्देशदिएको छ। विपद्को पीडामा रहेका परिवारका लागि बालबालिकाले गरेको यो सानो सहयोग उनीहरूको दुःखमा केही भएपनि राहत आशाको आधार बन्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

विद्यालयले विद्यार्थीहरूको मानवीय भावना सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय कार्यमा विद्यार्थीहरूको सहभागितालाई निरन्तर प्रोत्साहन गर्ने जनाएको छ।

More News last news
Loading...