काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ। उपकुलपति प्राडा केशरजंग बरालले क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख भएकोले सोही दिन निर्वाचन गर्ने जानकारी दिनुभयो। उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रममा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गर्नुभएको थियो।
दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धनप्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन हुनेछ । स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताउनुभयो । उपकुलपति प्राडा बरालले यो वर्ष हुने स्ववियु निर्वाचन सबै क्याम्पसमा सम्पन्न गर्नेगरी तयारी शुरू भइसेको बताउनुभयो।
उपत्यका ४ र उपत्यका बाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्। यसअघि चैत ५ मा निर्वाचन भएको थियो। उपत्यकाको त्रिचन्द्र, रत्नराज्य, विश्वभाषा र नेपाल कमर्स क्याम्पस गरी ४, उपत्यका बाहिर कास्कीको पोखरा इन्जिनियरिङ, पृथ्वीनारायण, नर्सिङ, वीरजंगको ठाकुरराम, चितवनको चितवन इन्जिनियरिङ र वीरेन्द्र बहुमुखी, महेन्द्रनगरको सिद्धनाथ बहुमुखी र डोटी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। प्रदेशगत रूपमा लुम्बिनी र कर्णाली प्रदेशको सबै जिल्लाका आंगिक क्याम्पसमा निर्वाचन भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
