बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । मधुवन खेलकुद बिकास समितिको आयोजनामा गत मंसिर ५ गतेबाट शुरु भएको प्रतियोगिता मंसिर ८ गते सम्पन्न भएको हो ।
प्रतियोगितामा ने.रा.नमुना मा.वि. ढोढरी १७ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित प्रथम, ८ स्वर्ण ७,रजत ५ कास्य सहित गुराँस नमुना मा.वि. सानोश्री द्वितीय र ३ स्वर्ण ३ रजत २कास्य सहित नेरामावि पुर्णपुर तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, दितिय र तृतीयलाई मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले पुरस्कार वितरण गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
