दाङ्गमा एक वृद्धसहित ४ जना अपाङ्गको बिचल्ली : ८ दिनसम्म भोक-भोकै, सपना भयो उपचार

काठमाडौँ । एक जना वृद्ध आमाको बृद्ध भत्ताले ४ जनाको परिवारको गास वास धानिएको छ भन्दा तपाइँलाई पत्यार नलाग्ल । तर दाङ्गको एक परिवाको सास एउटी वृद्ध आमाको भत्ताले धानिएको छ ।

सल्यान कपुरकोट गाउँपालिका ६ स्थायी घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ५ मा भाडाको कोठामा बस्दै आएको परिवार आर्थिक अभावले उपचार गर्न र खानसमेत नपाउने अवस्था सृजना भएको छ । श्रीमान देभा ओलीसँग सम्बन्ध विच्छेद भएर सल्यान कोठा भाडामा बसेका उनीहरु घरबेटीले कोठाबाट निकालीदिएपछि काम गरेरै भएपनि छोराछोरीलाई पठाउँछु भन्ने ठुलो सपना बोकेर सल्यानबाट दाङ झर्ने निधो गरे ।

Advertisement

तर विडम्बना सल्यानको साततले भन्ने ठाउँमा गाडी दुर्घटनामा परी सोहि घटनामा देभा ओली र उनका २ सन्तान पूर्ण रुपमा घाइते भए । अहिले दाङको तुलसीपुर स्थित भाडाको घरमा कोठा लिएर बस्दै अएका छन् । आफुँहरुसँग खाने रासन नहुँदा ८ दिनसम्म भोकै बस्नुपरेको पीडितको गुनासो छ । “हिँड्न सक्ने भए छोराछोरीलाई मागेरै भएपनि पाल्ने थिए तर म हिँड्न सक्दिन त्यसैले कोठा भित्रै बस्नुपर्छ र हामीलाई कसैले देख्दैन” नयाँपुस्तासँग कुरा गर्दै पीडित ओलीले भनिन्, उपचारको कुरा त परको कुरा हो हामीले खान पनि पाएका छैनौँ । आफुँ काम गर्न सक्दिन, छोरा छोरी पनि केटाकेटी त्यहिँमाथि म जस्तै घाइते के गर्नु । पीडा माथि पीडा थपिएको छ उनले भनिन्, सक्नुहुन्छ भने कृपया सहयोग गरिदिनुहोला, उनि दुइ हात जोडेर अपिल गरिन् ।

केहि दिन अघि त लगातार ८ दिनसम्म भोकै बसेको बस्नुपरेको भन्दै उनले हामी सामु सहयोगको लागि पहल गरिदिन ओलीले आग्रह गरेकी छन् । उनीहरुसँग बृद्ध आमा छन् उनको वृद्ध भत्ता जति आउँछ त्यसले सास धानेका छन् । पीडित ओली परिवारलाई सहयोग गर्न यो 9868047208 नम्बर वा तलको बैंक खाता :  09810017551658  नबिल बैंक क्यूआरमार्फत सहयोग गर्न सक्नुहुनेछ ।

सहयोगको लागि
बैंक खाता :  09810017551658  नबिल बैंक
सम्पर्क : 9868047208 (बसन्त बोहोरा सहयोगी)

More News last news
Loading...