काठमाण्डाै । प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ । अध्यक्ष चौधरीलाई ‘साइबर क्राइम’ अर्थात् विद्युतीय अपराध मुद्दामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अध्यक्ष चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
