अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले गएको चुनावकाे नतिजा रद्द गरेको बताएका छन् ।
चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएकाे घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। यो विद्रोहसँगै देशमा बाेङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ।
समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उहाँको घरमा हिरासतमा राखिएको बताएको छ। सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन्।
राजधानी लिब्रेभिलमा आज बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए। ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
