बाढीपीडितका लागि नेपाली कांग्रेस स्याङ्जाको १ लाख रुपैयाँ सहयोग

रसुवा, नुवाकोट धादिङलगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोगपुर्‍याउन नेपाली कांग्रेस स्याङ्जाले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस स्याङ्जाको बिहीबार बसेको आकस्मिक बैठकले विपद्को कठिन घडीमा मानवीय सहयोग सहकार्यलाईप्राथमिकता दिनुपर्ने निष्कर्षसहित तत्काल राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाका अनुसार पार्टीको तर्फबाट एकमुष्ट रूपमा एक लाख रुपैयाँ सहयोगगरिनेछ। सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए। प्राकृतिक विपद्ले जनधनमा क्षति पुर्‍याइरहेका बेला पीडितको उद्धार, राहत पुनःस्थापनाका लागि राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा आम नागरिक सबै एकजुट हुनुपर्ने सन्देशसमेत बैठकले दिएको छ।

Advertisement

सभापति थापाले विपद्को समयमा राजनीतिक आग्रहपूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनासहित प्रभावित नागरिककोसाथमा उभिनुपर्नेमा जोड दिए। कांग्रेस स्याङ्जाको सहयोगलाई विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता सामाजिकउत्तरदायित्वका रूपमा हेरिएको छ। यसैबीच, बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउन राज्यका निकायसँगै विभिन्न संघसंस्था राजनीतिक दलहरूले सहयोग तथा समन्वयलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।

More News last news
Loading...