फिलिपिन्सको संसदमा कांग्रेस नेता रिजालको सम्मान, संसद स्थगित गरेर सांसदले खिचे फोटो

काठमाडौं l नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालसँग फिलिपिन्सका सांसदहरुले फोटो खिचेका छन् । फिलिपिन्सको भ्रमणमा रहनुभएका सांसद रिजालसँग फिलिपिन्सको स्वायत्त प्रदेश सभा अवलोकनका क्रममा त्यहाँका सांसदहरुले फोटो खिचेका हुन् ।

संसद अवलोकनका लागि रिजाल त्यहाँ पुगेपछि ५ मिनेट संसद नै स्थागित गरेर सामूहिक फोटो खिचेका हुन् । पूर्व रक्षामन्त्री समेत रहेका रिजालले आफू सम्मानित भएको अनुभूती भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत तस्वीरहरु समेत सेयर गरेका छन् ।

Advertisement

उनले फेसबुकमा लेखेका छन्,‘ आज सम्मानित र विनीत दुबै अनुभूती भयो, जब फिलिपिन्सको बाङ्समोरो स्वायत्त प्रदेश सभाको औपचारिक बैठकमा प्रमुख सचेतकले मेरो बिस्तारित परिचय गराउनुभयो, मुख्यमन्त्रीले रोष्टमबाट स्वागत र सभामुखले सामुहिक तस्वीरका लागि ५ मिनेछ बैठक स्थागित गर्नुभयो ।’

More News last news
Loading...