पत्रकार महेश कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मानित

काठमाडौँ l नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा पत्रकार महेश कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् l

सो अवसरमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, न्युज २४ का सन्दीप रिजाललगायत ८ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो। सबैलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्मान प्रदान गरेका थिए।

Advertisement

एक दशकबढी समयदेखि पत्रकारितामा संलग्न कार्की ५ वर्षदेखि काठमाडौं प्रेस डटकममा आबद्ध छन्।

More News last news
Loading...