काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । उनले सिंहदरबार बृत्तले गरेको सोधपुछका क्रममा रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका हन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिनेक्रममा नुवाकोटको बिदुर नगरपालिका–७ का श्यामबाबु सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी प्रहार गरेका थिए।
आक्रमणअघि सापकोटाले कांग्रेस नेता यादवको भाषण ध्यानपूर्वक सुनेर बसेका थिए । भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेटमा देखिएका उनले बाहिर निस्किएपछि झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । उनी खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । नेता यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
