विश्वप्रकाश शर्मा र बालकृष्ण खाँण महामन्त्रीको दौडबाट रिङ आउड

काठमाडौं l नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन।

पौडेल–कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो । अहिले दुवै पक्ष आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन्।

Advertisement

पदाधिकारी टुंगो लगाउन सबैभन्दा सकस सभापति शेरबहादुर देउवालाई परेको छ। कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि उनलाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो।

कांग्रेसको संस्थापन पक्षमा बालकृष्ण खाँणको संगठन मजबुत मानिन्छ । त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माको लोकप्रियता पनि धेरै छ।

तर, १४औं महाधिवेशनमा खाँण र शर्मा दुवै संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएका छन् । देउवाले डा. प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ।

More News last news
Loading...