सभापतिको उम्मेदवारी घोषणा गरेका नेता सिंहले केहीबेरमा अवधारणा सार्वजनिक गर्दै

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका छन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्।

Advertisement

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आज आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए ।

सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षमा साझा उम्मेदवार चयनका लागि प्रयास भइरहेको छ ।

More News last news
Loading...