जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल

कालीकोट । एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ।

कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएकाे छ।

Advertisement

अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएकाे छ भने एक सय ७३ जना डिस्चार्ज भइसकेका छन्।

त्यस्तै सक्रिय सङ्क्रमित ३० जना कालीकाेटका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए।

More News last news
Loading...