अपाङ्गता भएका व्यक्तिबाट बाढीपीडितलाई सहयोग

अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, पुतलीबजार स्याङ्जाले भोटेकोशी बाढीपहिरो प्रभावितका लागि १६ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाको अगुवाइमा अपाङ्गता भएका व्यक्ति तथा अभिभावकबाट स्वेच्छिक रूपमा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मागरिएको हो। रकम जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

Advertisement

संस्थाले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार, सहायक सामग्रीको व्यवस्था तथा राहत र पुनर्स्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ।

More News last news
Loading...