अर्जुनचौपारी गाउँपालिका–१ स्थित देशकै पहिलो नवग्रह मन्दिरमा भदौ २७, २८ र २९ गते विशेष क्षमा पूजा तथा दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठान हुने भएको छ। भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति क्षमाप्रार्थना तथा श्रद्धाञ्जली अर्पण गर्दै ग्रहदोष शान्ति, सुख समृद्धि र सर्वसिद्धिको कामनासहित महाअनुष्ठान आयोजना गर्न लागिएको हो।
‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ हुने अनुष्ठानमा शास्त्रोक्त विधिअनुसार पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रजप, विशेष हवन तथा तर्पण गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताए। नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा करिब ५० हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। भदौ २८ गते मध्यराति विशेष अघोर पूजा तथा धार्मिक विधिसमेत गरिनेछ।
गणेश चतुर्थीको अवसरमा पहिलोपटक आयोजना हुन लागेको महाअनुष्ठानमा २७ फिट अग्लो नवग्रह मन्दिर र सौर्यमण्डलीय संरचना भक्तजनका लागि विशेष आकर्षण बन्ने आयोजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
