रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते हुने नवाैँ काेरियन भाषा परीक्षाकाे परीक्षा केन्द्र सार्वजनिक भएकाे छ । काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरहरुबाट लिइने परीक्षाका लागि जम्मा २८ वटा केन्द्र तोकिएको छ ।
भाषा परीक्षा दुई सिफ्टमा हुने जनाइएकाे छ। पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुनेछ।
रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए।
कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ।
अंक प्रणाली तीन चरणमा हुनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिने जनाइएकाे छ । हेर्नुहाेस् केन्द्र :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
