विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेको छ।

आज अपराह्न १.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए।

Advertisement

काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो। विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन्।

ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए।

More News last news
Loading...