काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। जसमध्ये ३ जना घाइतेको आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालले घाइतेको नामावली सार्वजनिक गरेको छ। सार्वजनिक नामावलीमा २ जना विरामीलाई ग्राण्डी अस्पाल, एक जनालाई मेडिसिटी र एक न्यूरो अस्पताल रिफर गरिएको उल्लेख छ।
पिन्ची धामी र समिना ब्यान्जनकार र इमरन कबिरको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पताल पुर्याइएका घाइते मध्ये ८ जनाको उपचारका क्रममा जान गएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
