काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर सपिङ मलबाट खसेर एक सुरक्षा गार्डको मृत्यु भएको छ। मलको चौथो तलाबाट खसेर गार्डको मृत्यु भएको हो।
मृत्यु हुनेमा पाँचथर फिदिमका २६ वर्षीय रविन भुजेल छन्। भुजेल मलमा सुरक्षागार्डको रुपमा कार्यरत थिए। शुक्रवार विहानै मलबाट खसेका भुजेलको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जनाएको छ।
भुजेलका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन्। आफन्तले घटनाको छानवीन गर्न माग गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
