काठमाडौँ । वीर अस्पतालले पनि डेंगी रोगको परीक्षण सुरु गरेको छ। परीक्षण गर्ने किट आफै खरिद गरी वीर अस्पतालले शुक्रबारदेखि डेंगी परीक्षण सुरु गरेको हो।
लक्षण लिएर आएका बिरामीलाई शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेर साध्य नलागेपछि आफै सेवा सुरु गरेको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताउनुभयो। इमरजेन्सी र ओपीडीमा आउने बिरामीको डेंगी परीक्षण हुने व्यवस्था मिलाएको छ।
बिरामीको सुविधाका लागि वीर अस्पतालले ५ सय रुपैयाँमा डेंगी किटद्वारा परीक्षणको व्यवस्था गरिएको समेत डाक्टर सेन्चुरीले बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
