भोटेकोशी बाढी प्रभावित ३०० बढी स्थानीयको स्वास्थ्य परीक्षण

नुवाकोट, असोज १७। भोटेकोशी बाढीका कारण सडक अवरुद्ध हुँदा अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका तार्केश्वर गाउँपालिका–२ का स्थानीयलाई लक्षित गरी आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। साहारा फाउन्डेशनका अध्यक्ष सुदीप घिमिरे, टुगेदर फर चेन्जका अध्यक्ष मिन अधिकारी र नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाको संयुक्त पहलमा माझीगाउँ र ठुलोपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा ३०० भन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा विशेषगरी आँखासम्बन्धी समस्या भएका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। १५० भन्दा बढीको आँखाको परीक्षण गरिएकोमा आवश्यक पर्ने सेवाग्राहीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको नेपाल युवा परिषद्बका अध्यक्ष बानियाँले बताए  ।

Advertisement

तारकेश्वरको ६ वटै वडामा गर्ने उदेश्य राखिएको यस शिबिर वडा नं २ बाट थालनि गरिएको टुगेदर फर चेन्जका अध्यक्ष अधिकारिले जानकारी दिए । शिबिरको लागि आबश्यक औषधिहरुको प्रबन्ध साहारा फाउन्डेशन सामाजिक सस्थाका अध्यक्ष तथा मेडिकल ब्यवसायि समेत रहेका सुदिप घिमिरेले गरेका थिए । निकट भविष्यमा बिदुर नगरपालिकामा समेत स्वास्थ्य शिविर आयोजन गर्ने समेत जानकारी नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष  बानियाले वताए ।

भोटेकोशी बाढीपछि सडक अवरुद्ध हुँदा स्थानीय नागरिकलाई नियमित स्वास्थ्य सेवाका लागि अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न समस्या भइरहेको अवस्थामा शिविर आयोजना गरिएको हो। अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि उपलब्ध गराएर तत्काल राहत पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन् ।

More News last news
Loading...