काठमाडौँ | विश्व हिन्दु कलाकार मञ्च नेपालले गीतकार अनिल खनाललाई सम्मान गरेको छ। संस्थाले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै खनाललाई सम्मान गरेको हो।
खनाल सङ्गीत सिर्जनाका साथै कला र साहित्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनका थुप्रै गीतहरू नेपाली सांगीतिक बजारमा लोकप्रिय रहेका छन्।
विगत लामो समयदेखि कला क्षेत्रमा आबद्ध उनलाई मञ्चले काठमाडौँस्थित पालज्ञ होटलमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच सम्मानपत्र हस्तान्तरण गरेको हो।
सम्मान प्राप्त गरेपछि गीतकार खनालले भने, “मलाई योग्य सम्झिएर निमन्त्रणा गरी सम्मान गर्नुभएकोमा विश्व हिन्दु कलाकार मञ्च नेपालप्रति धेरै धेरै आभारी छु।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
