स्मार्टफोन हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। स्मार्टफोनलाई छुट्याएर हेर्ने हो भने धेरै काम असम्भव हुन्छन्। भनौ दैनिकी चलाउनै सकस हुन्छ। तर, स्मार्टफोनके प्रयोग कति गर्ने ? यो चाही महत्वपूर्ण हुन आउँछ। पछिल्लो समय थुप्रै युवाहरुले आफ्नो अधिकांश समय स्मार्टफोनमा विताउने गर्छन्।
यसरी निरन्तर स्मार्ट फोनको प्रयोग गर्दा स्वास्थ्यसम्बन्धि थुप्रै स्वास्थ्य सम्बन्धि समस्या पनि झेल्नुपर्ने हुन्छ। यसको विकिरणहरुले मस्तिष्कलाई कमजोर बनाउने थुप्रै तथ्य सार्वजनिक भईसकेका छन्। यसकै कारण शरिरका कतिपय भाग दुख्ने समस्या पनि हुन्छ। तपाईको शरिरमा यी पाँच ठाउँ दुख्छ भने त्यसको कारण स्मार्टफोन त होइन ?
औंला
लामो समयसम्म स्मार्ट फेनको प्रयाग गर्दा हातका औँला दुख्ने समस्या बढ्दै जान्छ। यसकै कारण औँला पनि औँला खिँचिने समस्या हुन्छ । यसले औलाको आकार विग्रनुका साथै कमजोर भएर जाने गर्छ।
गर्धन
लामो समय स्मार्टफोनको प्रयोग गर्दा गर्धनमा दुखाई हुनु सामानय हो। त्यसैले, लामोसमयसम्म एउटै पोजिशनमा बसेर स्मार्ट फोन चलाउनु घातक सावित हुन्छ। नत्र गर्धनमा जोर पर्न जान्छ र दुखाई हुन जान्छ।
आँखा
लाामो समयसम्म स्र्माटफोनको प्रयोग गर्दा देखिने अर्को समस्या भनेको आँखाको दुखाई पनि हो। त्यसमात्र नभएर यसले आँखा पोल्नेदेखि यससम्बन्धि अन्य थुप्रै समस्या देखा पर्दै जान्छ। यसले आँखाको सुख्खापनालाई पनि बढाएर लैजाने गर्छ।
पीठ्यू
बसेर लगतार स्मार्टफोनको प्रयोग गर्दा पीठ्युमा जोर पर्न जान्छ। जसले दुखाईको अवस्था सृजना गर्छ। यसबाट बच्नको लागि शारिरिक रुपमा शक्रिय हुन पनि आवश्यक छ। दैनिक व्यायामको साहारा लिदा यस्तो दुखाई विस्तारै कम हुँदै जाने गर्छ।
कुम
हातमा स्मार्ट फोन लिएर लामो समयसम्म प्रयोग गर्दा काँधको भाग खिचिएर जाने गर्छ। जुन विस्तारै दुखाईमा परिवर्तन हुँदै जान्छ। स्मार्ट फोनले सृजना गर्ने यस्तो समस्याबाट बच्नको लागि बीच बीचमा ब्रेक लिनु अतिआवश्यक हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
