यी हुन् विहानको समयमा सबैभन्दा उत्तम ४ ब्रेकफाष्ट, तपाई पनि खाने की ?

कतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ। तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ।

यदि तपाइँलाई सँधै विहानमा के खाउँ भनेर अलमल हुन्छ भने यहाँ विहानमा खाँदा दिनभरी ताजा राख्ने खानाको बारेमा चर्चा गरिएको छ । विहानमा सके सम्म फाइवर भएको खानेकुरा खानु पर्छ र पेटभरी खानु पर्छ।

Advertisement

सबैभन्दा उत्तम ४ ब्रेकफाष्टः

कर्न फ्लेक्सः
विहानको समयमा मकैको फूल सबैभन्दा उत्तम मानिन्छ। यसमा कार्बोहाड्रेट, आइरन र भिटामिन बी कम्पलेक्स हुन्छ । वर्षाको समयमा शरीरमा हुने नूनको कमी पनि कर्न फ्लेक्सले पुरा गर्छ।

वीट फ्लेक्स
यदि तपाइँ गहुँबाट बनेका परिकार खानु हुन्छ भने पनि विहानको लागि यो उत्तम हो । कर्न फ्लेक्स नभए वीट फ्लेक्स विकल्प हो। यसले शरीरमा अतिरिक्त क्याल्शियम प्रदान गर्छ र शरीरलाई मजबूत राख्छ । भातमा आलु मिसाएर भुटेमा अझै उत्तम परिकार बन्न सक्छ।

ओटमील
विहानको समयमा एक कचौरा ओटमील सेवन गर्नु भो भने यसले शरीरलाई दिनभरी शक्ति प्रदान गर्छ। यसले कोलोस्ट्रोलको घातक प्रभावबाट बचाउँछन भने ब्लड शुगरलाई पनि सन्तुलित राख्छ। यसमा हाईफाइबर खाना पनि हो जुन डिप्रेशनबाट बचाउन महत्वपूर्ण मानिन्छ।

भुटेको भात
भुटेको भात पनि निक्कै राम्रो ब्रेक फाष्ट हो । यसमा धेरै चिल्लो भने हाल्नु हुँदैन। यसले दिनभरीको लागि क्यालोरी प्रदान गर्छ।

More News last news
Loading...