हातखुट्टा वा अनुहारको अनावश्यक रौँ सजिलै हटाउन अप्नाउनुहोस् यी उपाय

हातखुट्टा या अनुहारको रौँ सजिलै र स्थायी रुपमै हटाउने यो सजिलो घरेलु उपायअनुहार, पाखुरा, खुट्टा वा गुप्ताङ्गमा नचाहिने वा धेरै रौं आएर हैरान हुनु हुन्छ? हेर्नुहोस् यसलाई संधैका लागि हटाउने घरेलु उपाय। विशेषगरी केटीहरुको अनुहार, खुट्टा या अन्य भागमा नचाहिने कपाल या रौं आएर हैरान नै हुन्छन्।

सफा र सुन्दर देखिनको लागि अनुहार बाट रौं निकाल्न अनेक विधि अपनाउँदा पनि केहि दिनको लागि मात्र काम गर्ने, छोटो कपडा लगाउनु पर्यो भने पनि खुट्टाको रौंले लज्जित नै बनाइदिने र हात या पाखुरामा पनि लपक्कै रौँ आउने जस्ता समस्याहरु बाट मुक्त पाउन आज हामी सजिलो र भरपर्दो घरेलु उपचार विधि बताउन गइरहेका छौँ।
चाहिने सामग्री:
मन्चन, बेकिंङ सोडा, बेसारको धुलो र पानी
बनाउने विधि:
एउटा सफा कचौरामा ब्रस गर्न जति प्रयोग गरिन्छ त्यति जत्ति मन्चन राख्ने। त्यसपछि एक चम्चा बेकिंङ सोडा र आधा चम्चा बेसारको धुलो राख्ने। अब तातो पानी हालेर यी सामाग्रीहरुलाई मज्जाले मिसाउने। एकछिन घोटेर मिसाएपछी मिश्रण तयार हुन्छ।

Advertisement

त्यसपछी यस मिश्रणमा कपासको डल्ला छोपेर शरीरको जहाँ जहाँ रौँ उम्रेको भाग छ त्यो भागमा लगाउने। यो मिश्रण सुकिसकेपछि चिसो पानीले धुने। जब तपाईंले धुनु हुन्छ, शरीरबाट नचाहिने रौं हरु झर्न थाल्दछ। यस विधिलाई २ देखि ३ पटक प्रयोग गर्नले यस्ता नचाहिने रौं या कपालहरु पूर्ण रुपमा झर्छ र तपाइँको अनुहार, हातखुट्टा या गुप्ताङ्ग एकदम सफा र चम्किलो हुन्छ।

More News last news
Loading...