संगीत सुनेर मेडिटेसन गर्नुस्, पाउनुहुनेछ यस्ता ४ फाइदा

काठमाडौँ । हामी सबैलाई थाहा छ संगीतले आनन्द महसुस गराउँछ । संगीत र मेडिटेसन दुवैले मानसिक रुपमा आनन्द प्रदान गर्दछ । यदि हामीले यी दुवै चिज एकैसाथ गर्ने प्रयास गर्यौ भने धेरै लाभदायक हुन्छ ।

किनभने मेडिटेसनले मानसिक रुपमा स्वास्थ्य राख्दछ । यहाँ मानिसहरु मेडिटेसनको लागी फरक फरक तरिका अपनाउने गर्दछन् । त्यसैले आज हामी तपाईलाई संगीत सुन्दै मेडिटेसन गर्नुका फाइदाहरु बताउदै छौँ ।

Advertisement

तनाव कम गर्छः तनाव मानिसहरुको दिमाखमा हर्मोनल परिवर्तन हुदाँ हुन्छ । त्यो हर्मोन्समध्ये कोर्टिसोल , एंडोर्फिन ,पोलाक्टिन प्रमुख हो । त्यसैले संगीत सुन्दै मेडिटेसन गर्दा मानिसहको दिमाखको तनाव सम्बन्धि हार्मोन्सको सन्तुलन हुन्छ ।

एकदमै गहिरो तरिकाले मेडिटेसन गर्न मर्दत पुग्छः यदि मेडिटेसन गर्दा ब्यक्ति एकतत्र भएर लागेन भने त्यो सफल मानिदैन् । त्यसैले मेडिटेसन गर्दा संगीत सुन्दै गर्यो भने त्यो समयमा मानिसको बौद्धिक क्षमता र ध्यान दिने क्षमता बढ्दछ ।

भावनात्मक रुपमा नियन्त्रण हुन्छः जब हामी भावनात्मक रुपमा हैरान हुन्छौ,त्यसबेला हाम्रो दिमाख भावनात्मक रुपमा उथल पुथल हुन्छ ।यस्तो अवस्थामा ब्यक्तिको भावना नियन्त्रण राख्न जरुरी छ । त्यसैले यसको अर्को विकल्प भनेको संगीत सुन्दै मेडिटेसन गर्नु हो । किनभने संगीतले दिमाखको रसायिनिक उतार चडावलाई सन्तुलिन राखेर भावनात्मक रुपमा नियन्त्रण गर्दछ ।

राम्ररी निन्द्रा लाग्छः अधिकांश मानिसहरुलाई निन्द्रा नलाग्ने समस्या हुन्छ । यसको मुख्य कारण मानिस मानसिक रुपमा स्वास्थ्य नहुनु हो । त्यसका लागी मानिसहरुले मेडिटेसन गर्दछन् । किनभने मेडिटेसनले निन्द्रा लगाउन मदत गर्दछ । अझ मेडिटेसनको साथमा संगीत सुन्यो भने मानसिक रुपमा स्वस्थ्य भएर राम्ररी निन्द्रा लगाउँछ ।

More News last news
Loading...