बच्चासँग सुत्नु आमाका लागि हुन्छ यति धेरै फाइदाजनक

काठमाडौँ । आमा र बच्चाको सम्बन्ध संसारकै अनमोल सम्बन्ध मानिन्छ। आमाले आफ्ना बच्चालाई जब स्तनपान गराउँछिन्, बच्चासँगै सुत्छिन् यी दुईको सम्बन्ध अझ प्रगाढ हुन्छ । आमासँग बच्चा सुत्दा बच्चालाई मात्र होइन, आमालाई पनि निकै फाइदा हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ, तर विभिन्न अध्ययनले आमालाई धेरै फाइदा हुने देखाएको हो।

के के हुन्छ फाइदा ?
-सुत्ने बेला आफूसँग आमाबाबु हुन्छन् भने बच्चाले आफूलाई निकै सुरक्षित महसुस गर्छन्। एक्लै सुत्दा बच्चाले असुरक्षित महसुस गर्ने गर्छन् । एक्लै सुत्दा बच्चा बीचमै उठ्ने भएकाले निद्रा पूरा गर्न पाउँदैनन्।

Advertisement

-समयमै सुत्ने गर्दा निद्रा पूरा मात्र हुँदैन, स्वास्थ्य पनि राम्रो हुन्छ। बच्चालाई स्वस्थ बनाइराख्न पनि समयमै आमाबाबुले बच्चासँग सुत्ने गर्नुपर्छ।

-एक अध्ययनअनुसार आफूसँग आमाबाबु सुतेमा बच्चाहरूले आत्मसम्मानको महसुस गर्छन्। जसले व्यावहारिक समस्या सुल्झिँदै जान्छ। आफ्ना साथीहरूको दबाबमा रहँदैनन्, आफैं खुसी र सन्तुष्ट हुन्छन्।

-यदि तपाई बच्चासँगै सुत्नुभयो भने दिनभरि कसरी बित्यो, के के ग¥यौ, अघिल्लो दिनको प्लानिङ कस्तो छ भनेर सजिलै सोध्न सक्नु हुन्छ। यसो गर्दा बच्चाहरूले तपाईलाई आफ्नो मनको सबै कुरा निर्धक्क बताउने गर्छन् र आरामले निदाउने गर्छन्।

-आफ्नो बच्चसँग सुत्दा नर्सिङ पेसामा आबद्ध आमाहरूलाई धेरै फाइदा हुन्छ। उनले निकै आरामको महसुस गर्छिन्। आफ्नो विस्तारा छोडेर बारम्बार बच्चालाई हेर्न जानुपर्दैन।

-यदि बच्चाले सुत्ने बेला आमाबाबुसँग कथा भन्नुस् न भनेमा त्यो नराम्रो होइन, उनीहरूले सुत्न नचाहेको भन्ने बुझ्नु हुन्न। दिनभर आमाबाबु काम गर्दा थाकेका हुन्छन्, सँगै समय बिताउन नसक्ने भएकाले सँगै सुत्ने बेला उनीहरूले कथा भन्नुस् न भनेका हुन्छन्। यसो गर्दा बच्चा र आमाबाबु दुवै मज्जाले निदाउन सक्छन्।

More News last news
Loading...