केही दिनमै अनुहारको दाग हटाई छालालाई चम्किलो बनाउन अप्नाउनुहोस् यी उपाय

एजेन्सी । तपाईको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो विधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ।
सामाग्रीहरु

१) कागती
२) थोरै नुन

Advertisement

३) चामलको पिठो

४) मह

बनाउने बिधि

पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस्। यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस। र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ।

More News last news
Loading...