काठमाडौँ । जिरा सामान्यतया हामी मसलाको रुपमा प्रयोग गर्दछौँ। जीरा विभिन्न किसिमको हुन्छ तर तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय गुण भने धेरै छ।
जीरा पानी बनाएर पिउनाले स्वास्थ्यका लागि निकै नै लाभदायिक हुन्छ। यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ।
जीरा पानी पिउनुका ८ स्वास्थ्यबर्धक फाईदा
१. दिनहुँ बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।
२. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ।
३. दैनिक जीरा पानी पिउनाले शरिरको तौल घटाउँन मद्धत गर्छ।
४. पिसाब रोग र पत्थरी भएमा जीरा पानीलाई औषधीको रुपमा प्रयोग गर्नु लभदायिक हुन्छ।
५. जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३/४ पटक खाएमा ज्वरो चट्टै जान्छ।
६. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। नियमित शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।
७. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ।
८. जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
