एजेन्सी । टाउको दुख्ने समस्या अधिकांश मानिसमा हुन्छ। यो धेरै कारणले हुने गर्दछ। जस्तै, तनाव, माइग्रने वा निद्रा पुरा नहुनु । तर, कहिलेकाँही यो समस्या गम्भीर हुन जान्छ।
मानिसहरु टाउको दुख्दा सिटामोल खान्छन् जसले दुखाई त निको पार्छ तर, साइट इफेक्ट पनि पार्छ तर, केही घरेलु उपाय छन् जसले विना कुनै हानी दुखाई ठिक पार्छ र उपाय पनि निकै सजिलो छन्।
यसबाट आराम पाउनका लागि केही यस्ता घरेलु उपाय जो निकै फाइदाजनक छन्:
– टाउकोे दुखाईबाट राहत पाउनका लागि अदुवाभन्दा राम्रो कुनै बस्तु छैन्। अदुवालाई पानीमा मिसाएर आगोमा उमालेर टाउकोतिर तातो बाफ लिनुस् अथवा सेक्नुस्, तुरुन्तै आराम दिनेछ।
– यसका साथै अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिलाएर दिनमा एक वा दुई पटक पिउनुस्।
– पुदीनाका पातको रस निकालेर निधारमा लगाउनुस्, टाउको दुखाईबाट आराम मिल्नेछ।
– माइग्रेन(घाटी)को दुखाईमा आइसपैकलाई घाटीको पछाडी राख्नुस् आराम मिल्नेछ।
– ल्वाङ पिसेर एक कपडामा बाध्नुस् र २÷२ मिनेटको फरकमा नाकबाट बास्ना सुघ्नुस्। जबसम्म आराम मिल्दैन् तबसम्म।
– स्याउले पनि टाउको दुखाईमा चमत्कारी तरिकाबाट काम गर्छ। स्याउलाई नुनसँग खानुस्, आराम मिल्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
