पत्रिकामा खानेकुरा बेरेको खानेकुरा नखानुस, क्यान्सर हुनसक्छ

तपाइँ घर बाहिरको खानेकुरा कति खानुहुन्छ ? बिशेष गरि बाटोमा उभिएर खाने चनाचटपटे कति शौखिन हुनु हुन्छ ? समय समय मा पत्रिकामा बेरेर बेचिने चटपटे, पकौडा जस्ता खानेकुरा हरु तपाइको स्वास्थ्य का लागि हानिकारक हुन्छ। पत्रिकाको चुच्चे भाँडो बनाएर दिने चटपट खाने गर्नुभएको छ भने ध्यान दिनुस खान छोड्नुस। आफ्नो स्वास्थ्य को ख्वाल गर्नुस। त्यसै गरि घरमै पनि तपाइँ खाने सामानहरु पत्रिकामा बेरेर खाने गर्नु हुन्छ भने बिशेष ध्यान दिनुस।

अल्मुनियम फोइल वा प्लास्टिक को बदला कागज मा बेर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ। पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि गर्ने बायोएक्टिभ तत्व हुन्छन्। जसका कारण पत्रिकामा टाँसिएको खानेकुरा खाँदा क्यान्सर हुन् सक्ने सम्भावाना रहन्छ। पत्रिकामा प्रयोग गरिने मसीमा हानिकारक रंग र त्यसको रसायनमा माइक्रो अर्गानिजम हुन्छ जसले स्वास्थ्य लाइ नोक्सान गर्छ। तेसैले खानेकुरा पत्रिकामा कहिलेपनि बेरेर राख्नु हुदैन।

Advertisement

कार्डबक्स पनि उत्तिकै खतरनाक हुन्छ जसमा फ्थालेट नामक विषालु रसायन हुन्छ। यसका कारण मानिसको पाचन प्रणाली बिग्रने डर हुन्छ । यिनीहरूले बूढा र बच्चालाई क्यान्सर समेत गराउँन सक्छ।

More News last news
Loading...