परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ र समयमै उठ्नु पनि पर्छ। एक वैज्ञानिक अनुसन्धानका अनुसार जो व्यक्ति बिहान चाँडै उठ्छ, उनीहरुलाई मानसिक रोगको सम्भावना निकै कम हुन्छ।
कोलोराडो–बोल्डर युनिभर्सिटीका निर्देशक सेलिन वेटरका अनुसार बिहान चाँडै उठ्नुका विभिन्न स्वास्थ्य लाभ छन्। अनुसन्धानका अनुसार जो व्यक्ति ढिलासम्म जागा हुन्छन् उनीहरुमा मानसिक रोगको समस्या चाँडै सुतेर चाँडै उठ्नेभन्दा दोब्बर बढी हुन्छ। अबेर रातीसम्म नसुत्दा धुम्रपानको लत र अनियमित निन्द्राको बानी विकसित हुन थाल्छ । निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोगसमेत विभिन्न रोगको कारण बन्न सक्छ।
यो शोधको प्रकाशन ‘सोइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ। यो शोध तयार पार्नका लागि क्रोनोटाइप (राती जाग्राम बस्नेहरु) का बीच सम्बन्ध पत्ता लगाउनका लागि ३२ हजार महिला नर्सको आँकडाको विश्लेषण गरिएको छ। यसमा २४ घण्टाको दौरान विशेष समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने–उठ्ने बानी र मनोविकार समावेश गरियो। वेटरले भने, ‘हाम्रो परिणामले क्रोनोटाइप र मानसिक रोगको जोखिमबीच मामूली सम्बन्ध देखाउँछ। यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांसिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुनसक्छ।’
बिहान चाँडै उठ्नुका अन्य लाभः
ब्रम्ह मुहूर्त अर्थात् सूर्य उदाउनु अघि उठ्नुका थुप्रै लाभ छन्। यदि तपाईं बिहान चाँडै उठेर घरबाहिर निस्केर हिँड्नुहुन्छ वा व्यायाम गर्नुहुन्छ भने यसका विभिन्न लाभ यहाँ दिइएका छन्।
१. बिहान चाँडै उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो स्वस्थ रहन्छ। शुद्ध अक्सिजन शरिरलाई स्वस्थ राख्नका लागि आवश्यक छ।
२. जो व्यक्ति बिहान चाँडै उठेर व्यायाम गर्दछन् उनीहरुलाई हृदय रोगको सम्भावना निकै कम हुन्छ। शरिरमा रक्त संचार सही रहन्छ।
३. बिहान चाँडै उठ्दा मानसिक रोगको समस्या हुँदैन । योगा र प्राणायम गर्दा मानसिक रोग हट्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
