झट्ट हेर्दा गोलभेंडा जस्तो आकारको देखिने आलूबखरा एक मौसमी फल हो। यो बिशेष गरी बैशाख जेठको समयमा पाक्ने गर्छ र बजारमा पाउन सकिन्छ।
यसको सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ। त्यसैले यसको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ।
आलूबखराका लाभदायी गुणहरु
१) १०० ग्राम आलूबखरामा लगभग ४६ क्यालोरी हुन्छ जसले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।
२) यसको नियमित सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ।
३) यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ। जसले शरीरका बिभिन्न अंगहरुलाई क्रियाशिल बनाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई मजबुत बनाउँछ।
४) आलूबखराको नियमित सेवनले पेट सम्बन्धी समस्या बाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ।
५) यसमा भएको भिटामिन सी, ए तथा बिटा क्यारोटिनले आँखालाई तेजिलो बनाउनुका साथै त्वचा स्वस्थ राख्नमा मद्दत गर्छ।
६) यसको नियमित सेवन गर्नाले उच्च रक्तचाप तथा हृदय रोगको सम्भावनालाई कम गर्छ । साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।
७) यसको सेवनले महिलामा हुन स्तन क्यान्सरबाट बचाउनुका साथै ट्यूमर बढ्नबाट रोक्छ।
८) आलूबखरा नियमित सेवनल गर्नाले तथा यसको गुदी मुहारमा लगाउनाले मुहारमा प्राकृतिक चमक आउनुका साथै त्वचामा आवश्यक पोषक तत्व पैदा गर्छ।
९) यसमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ जसले त्वचाका साथै मस्तिष्क स्वस्थ राख्छ र मानसिक तनाव कम गर्न मद्दत गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
