एजेन्सी । धेरै जनाको प्रेम यस्तो हुन्छ, विवाहको केही समयसम्म त पति पत्नीबीच सबै नर्मल हुन्छ, तर केही समयपछि अचानक दुबैको सम्बन्धमा तनाव सुरु हुने गर्दछ। त्यस कारण धेरैको प्रेममा घृणा सुरु हुन्छ र वैवाहिक जीवन सम्बन्ध विच्छेदमा परिनत हुने गर्दछ। दुबैको सम्बन्धमा आएको खटपटमा साना साना कारण हुने गर्दछन्। कुन कुराले पार्टनरसँग अलग बनाउछ भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ।
सुत्नुअघि अफिस वा आफन्तको कुरा
रातमा सुत्नुअघि बेडरुममा दुबैसँग जुन समय हुन्छ त्यसको प्रयोग गर्नुहोस्। यस्तो अवस्थामा तपाई अफिस वा आफन्तको कुरा लिएर बस्न थाल्नुभयो भने राम्रो मानिदैन्। तपाईको यस्तो कुराले तपाईको पार्टनरलाई इरिटेट लाग्न सक्छ र दुबैको प्रेम सम्बन्धमा दूरी बढ्न थाल्दछ।
सुत्नुअघि ल्याप्टप वा मोबाइल
धेरै व्यक्तिको बानी हुने गर्दछ सुत्नुअघि ल्याप्टप वा मोबाइल चलाउने, तर यस्तो नगर्नुहोस्। यसो गर्दा दुबैको सम्बन्धमा दूरी पैदा हुन थाल्दछ। यसो गर्नुभन्दा बरु रातको समयमा प्रेमका कुरा गर्नु राम्रो मानिन्छ।
गल्तीलाई लिएर दोष दिनु
रातमा सुत्नुअघि पार्टनरलाई उसको गल्तीको बारेमा सुनायो वा त्यसका बारेमा दोष दियो भने तपाईको सम्बन्ध राम्रो हुन सक्दैन्। रातमा यस्तो कुराले दुबैमा मनमुटाव पैदा हुन्छ र सम्बन्ध टुटने गर्दछ।
गुड नाइट वा किस नगर्नु
पत्नीलाई पतिको यो कुरा सबै भन्दा नराम्रो लाग्छ की सुत्नुअघि किस वा गुडनाइट नभनी सुत्नु। सुत्नुअघि पार्टनरलाई किस वा गुड नाइट भन्न नछुटाउनुहोस्।
ढाड फर्काएर सुत्नु
पत्नीलाई यो कुरा मन पर्दैन, राति सुत्दा आफूतिर ढाड फर्काएर सुतेको। यसो गर्दा तपाईको सम्बन्ध राम्रो हुन सक्दैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
