बिहानको हिडाइ शरीरको लागि निकै फाइदा जनक छ । यदि बिहानैको घुमाईमा खाली खुट्टा हरियो घाँसमा हिड्नु त्यो भन्दा पनि बढी फाइदाको कुरा हो । नांगो खुट्टा घाँसमा हिड्नुको यस्तो छ फाइदा
तनाव कम हुन्छ
तपाई जति बढी समय हरियालीको विचमा रहनुहुन्छ उतिनै स्वस्थ र तनाव रहित रहनुहुनेछ । घाँसमा नांगो खुट्टा हिड्दा विस्तारै मांशपेशीमा सुधार आउँछ । साथै ग्रीन थेरापीबाट मष्तिस्कको शक्ति बढ्छ।
मधुमेहमा सुधार
मधुमेहको रोगीले हरियो घाँसमा बस्नु र हिड्नु फाइदाजनक कुरा हो । यदि मधुमेह रोगीले दैनिक हरियो घाँसको विचमा बसेर लामो स्वास फेर्छ भने शरीरमा अक्सिजन पुर्ति भएर समस्या समाधान हुन्छ।
एलर्जीको उपचार
ग्रीन थेरापीको मुख्य हिस्सा हरियो घाँसमा नांगो खुट्टाले हिडुन् हो। विहान बिहान ओसले भिजेको हरियो घाँसमा हिड्दा खुट्टाको मुनिको कोशिकाबाट मष्तिस्कसम्म राहत पुर्याउँछ। यसले एलर्जी कम गर्छ।
आँखामा चमक
विहान विहान ओसमा भिजेको घाँसमा हिड्दा आँखाको ज्योति बढ्छ। केही दिन नांगो खुट्टाले हरियो घाँसमा हिड्दा तपाईले आफुले लगाइरहेको चस्मा उतार्न पर्नेछ वा चस्माको पावर कम गर्नु पर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
