मोटाउन र तौल बढाउन चाहनुहुन्छ ? यी टिप्स अप्नाउनुहोस्

तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ। तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन ।

तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर जान सकिन्छ।

Advertisement

तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु। तर, बढीमात्रामा जंकफुड भने नखानुहोस्।

जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस्।

यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता ‘हेभी’ हुनुपर्नेछ। बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ।

प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी बलियो बनाउँछ।

चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ।

अंकुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले तौल बढाउन सक्छ।

पनीर, मख्खन, घिऊ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ।

तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ।

More News last news
Loading...